बुटवल । बुटवल बसपार्क क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यसहित लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले सञ्चालन गर्दै आएको सरसफाइ अभियानलाई निरन्तरता दिएको छ ।
हरेक शनिबार बिहान सञ्चालन हुँदै आएको अभियानअन्तर्गत क्लबले ११औँ हप्तामा पनि बसपार्क क्षेत्रको सरसफाइ गरेको हो ।

सार्वजनिक स्थानको सरसफाइमा नागरिकको सहभागिता बढाउने र स्वच्छ सहर निर्माणमा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको सरसफाइ संयोजकले बताए । उनले सरसफाइलाई एक दिनको कार्यक्रमका रूपमा मात्र नभई नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
सरसफाइ कार्यक्रममा कार्यक्रम संयोजक मनोज पाण्डे, पूर्वअध्यक्ष गोकुल भण्डारीसहित संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
क्लबले हरेक शनिबार बिहान सञ्चालन हुँदै आएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । सार्वजनिक स्थान सफा राख्नु सबैको साझा जिम्मेवारी भएकाले सरसफाइ अभियानमा स्थानीयवासी तथा सरोकारवाला सबैलाई सहभागी हुन क्लबले आग्रह गरेको छ ।

