39
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार पहिलो खेलमा आगामी कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ भने २ गते इलिमिनेटर हुनेछ । तालिका अनुसार ३ गते दोस्रो क्वालिफायर र मंसिर ५ गते फाइनल हुनेछ ।
सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानले जनाएको छ ।


