देवानगञ्जमा अज्ञात समूहको गोली प्रहार, एक जना घाइते

by समतल अनलाइन
46Shares

काठमाडौं।सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ अज्ञात समूहले गोली चलाएको हो ।

अज्ञात समूहको गोली लागेर घाइते भएका स्थानीय निरज यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

You may also like