39
काठमाडौँ । राहदानी विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा भदौ २२ र २३ गते नियमित रूपमा सञ्चालन हुने भएका छन् ।
विभागले सम्बन्धित सबै सेवाग्राहीलाई निर्धारित मितिमा नियमित रूपमा सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
सरकारले भदौ २२ गते बाढीबाट ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ भने भदौ २३ गते जेनजी शहिद दिवस घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गएको छ ।

