भदौ १० को बाढीपहिरो : टनेलभित्र फसेकाको खोजी तीव्र, ९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन

by समतल अनलाइन
55Shares

काठमाडौं । भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियान तीव्र बनाएको छ। बुधबार बिहान ११ बजेसम्म हेलिकप्टरबाट ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

टनेलभित्र फसेका तथा बेपत्ता भएकाको खोजीका लागि लाङटाङ, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ। त्रिशूली–३ ‘ए’ मा ९३ जनाको टोलीले पाँच एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाइरहेको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक खोज तथा उद्धारमा खटिएका छन्। उनीहरूले घाइतेको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारसमेत गरिरहेका छन्।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले त्रिशूली तथा टनेल उद्धार क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावकारी समन्वय र उच्च मनोबलका साथ खोज तथा उद्धारलाई निरन्तरता दिन निर्देशन दिएका छन्।

You may also like