बुटवल हस्पिटलको समन्वयमा प्रहरी कार्यलयमा स्वास्थ्य चेकजाँच

by समतल अनलाइन
27Shares

बुटवल । बुटवल हस्पिटल प्रा लिले नागरिक हरुको सुरक्षा र ट्राफिक व्यवस्थापनमा दिनरात खटिने सुरक्षाकर्मीहरुको निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गरेको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको संयोजनमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयमा कार्यरत समेत गरि झण्डै१ सय जना सुरक्षाकर्मी,कर्मचारी ,कैदीबन्दीहरुको चेकजाँच भएको हो ।

बुटवल हस्पिटल प्रा लि वरिष्ठ फिजिसियन डा गौरव धिताल, अर्थोपेडिक्स डा उत्सव रेग्मी लगायतका विशेषज्ञ चिकित्सकहरुले चेकजाँच गर्नु भएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख जनक वहादुर शाहीले सुरक्षाको क्षेत्रमा दिनरात खटिने सुरक्षाकर्मीहरुको स्वास्थ्यका विषयमा चासो राख्दै कार्यालय परिसरमै स्वास्थ्य शिविरको आयोजना गरिदिएको भन्दै बुटवल हस्पिटल प्रा लि प्रति सम्मान व्यक्त गर्नु भयो । उहांले आगामी दिनमा पनि यहि खालको माया र सदभावको अपेक्षा राखेको बताउनु भयो ।
सो अवसरमा ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख निशान थापाले बुटवल हस्पिटलले आफुहरुलाई महत्वपुर्ण सहयोग गरेको भन्दै शिविरले जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई आफ्नो स्वास्थ्य अवस्थाको विषयमा जनकारी र सचेतना बृद्वि भएको बताउनु भयो ।

सडकमा खटिने सुरक्षाकर्मीहरुमा धेरै खालको सक्रमण हुन सक्ने भन्दै नियमित चेकजाँच आवस्यक भएको डा धितालले बताउनु भयो ।
सो अवसरमा अस्पतालका प्रशासन प्रमुख बिक्रम खड्का, वजार प्रमुख सुमन तिमिल्सिना, मेडिकल अफिसरहरु कृष्ण पौडेल, सिदार्थ पाण्डे, नियन्ता कार्की लगायतले शिविरमा उपचार गर्नु भएको थियो ।
त्यसक्रममा ईसिजि, व्लडप्रेसर,सुगर,पिसाव जाँच गरिएको थियो ।

You may also like