54
पाल्पा। १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो करिब ३ः३० बजे बालिकामाथि जबरजस्ती करणी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले किशोरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।


