बुटवल।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को छैटौ दिन शनिबार सात खेलहरु सम्पन्न भएका छन । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा विभिन्न विद्यालयविच प्रतिस्पर्धा भएको हो । शनिबारको पहिलो खेलमा सेन्ट जोसेफ ईगलिस बोर्डिङ स्कुलले न्यू लुम्बिनी ईगलिस बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले पराजित गरेको हो । सेन्ट जोसेफको जितमा प्रिन्स रमाईलीले दुई गोल गरे । खेलमा न्यू लुम्बिनीका सन्दिप घर्तीले सान्त्वना गोल गरे । खेलमा प्रिन्स प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि सैनामैना पर्रोहा परमेश्वर माबिले अक्सफोर्ड सेकेण्डरी स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ । सैनामैनाको जितमा नबिन बिकले ह्याट्रिक गरे । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।यसैगरि अर्को खेलमा श्री जनज्योती माबिले ग्यालेक्सी ईगलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा अल्विस गुरुङले २ तथा विपिन थापाले १ गोल गरे । खेलमा विपिन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
शनिबार नै भएको अर्को खेलमा कोलिया ईगलिस बोर्डिङ स्कुलले एभरग्रीन ईगलिस बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा प्रशान्त पुन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा नबिन औद्योगिक माबि (बि)ले सिद्धार्थ ईगलिस बोर्डिङ स्कुललाई ७–० गोलको बिशाल अन्तरले पराजित गरेको छ । नबिनको जितमा श्याम परियारले ४, सुनिल दमाईले २ तथा प्रमिस मगरले १ गोल गरे । खेलमा श्याम परियार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा स्कुलर्स होम ईगलिस बोर्डिङ स्कुलले नवप्रभात ईगलिस बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएका छन । स्कलर्सको जितमा झग बहादुर थापाले एकमात्र गोल गरे । खेलमा झग बहादुर थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
शनिबार नै भएको अन्तिम खेलमा ईडन ईगलिस बोर्डिङ स्कुलले सिद्धार्थ मोर्डन स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ । ईडनको जितमा समृद्ध थापाले ह्याट्रिक गरे । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । बुटवल देविनगर स्थित एन्फा रंगशालामा खेल भइरहेको छ । दोस्रो चरणका खेल दिउँसो १ देखि ६ बजेसम्म समय तय गरिएको छ ।

