अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने, को को छन् टिममा ?

by समतल अनलाइन
57Shares

काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।

अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

You may also like