मेसीलाई पितृ शोक, ६८ बर्षिय पिताको निधन

by समतल अनलाइन
14Shares

काठमाडौँ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ । बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरुले उल्लेख गरेका छन् ।

जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ । मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए । मेसी विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्ने यात्रामा अघि बढ्दा जर्ज उनको निरन्तर साथमा थिए ।

उनले मेसीका तर्फबाट क्लब तथा व्यावसायिक कम्पनीहरूसँग सम्झौता र वार्ता गर्दै आएका थिए । मेसीको खेल करिअरसँगै उनको व्यावसायिक गतिविधिको संरचना निर्माणमा पनि पिताको महत्वपूर्ण भूमिका रहेको थियो ।

पछिल्ला केही वर्षमा होर्खेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। पछिल्लो विश्वकपका क्रममा मेसीले आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेतसमेत गरेका थिए । छोराको खेल जीवनदेखि व्यावसायिक यात्रासम्म निरन्तर साथ दिएका पिताको निधनलाई मेस्सी परिवारका लागि ठूलो व्यक्तिगत क्षतिका रूपमा लिइएको छ ।

You may also like