नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

by समतल अनलाइन
22Shares

काठमाडौं। नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको शुक्रबार साँझ ७:४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा निधन भएको हो।

नागरिक आन्दोलनमा सक्रिय चिकित्सक अनुप सुवेदीका अनुसार परिवारको साथमा रहेका बेला उनको निधन भएको हो। उनलाई उपचारका लागि यसअघि ह्याम्स अस्पताल र पाटन अस्पतालमा भर्ना गरिएको थियो। अन्तिम समयमा उनलाई अस्पतालबाट घरै लैजाने पारिवारिक निर्णय बमोजिम उनले घरमै प्राण त्याग गरेका हुन्।

नागरिक अभियानकर्मी विमल अर्यालका अनुसार डा. पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ।

You may also like