बुटवल कोरा २०२६ तयारी पुरा, शुक्रबार टिसर्ट लन्च

by समतल अनलाइन
38Shares

बुटवल। मणिमुकुन्द बुटवल कोरा २०२६ को तयारी पुरा भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा हुने कार्यक्रमको शुक्रबार टिसर्ट लन्च गरिएको छ ।

मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, कार्यक्रम संयोजक दिपक कार्की, क्लबका सदस्य रबिलाल सुवेदी, रेशम रेग्मी गौडेल, युवराज भुषालले सामुहिक रुपमा टिसर्ट लन्च गरे ।

शनिबार मणिमुकुन्द कलेज हुदै बुद्धनगर, मुक्तिनाथधाम, फुलबारी, पारी बुटवल, दुर्गा मन्दिर, हिलपार्क हुदै राजमार्ग चौराहा आएर समापन हुने संयोजक दिपक कार्कीले बताए ।

क्लबको नियमित वार्षिक कार्य अनुसार नै यसवर्ष पनि कोराको मुलमर्म अनुसार धार्मिक पर्यटकिय स्थलहरुको परिक्रमासंगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्य सहित कार्यक्रम गरिने क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

You may also like