38
धादिङ । आफ्नै बुबा ६० वर्षीय धन नारायण सुनारको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
सुजनले फलामको रड प्रहार गर्दा धन नारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका धन नारायणको ग्रामिण अस्पताल फुलखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

