महाधिवेशनका कमजोरी स्वीकार्दै रवि लामिछाने: ‘अब सुधार गरेर अघि बढ्छौं’

by समतल अनलाइन
35Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन आयोजनामा कमीकमजोरी भएको भन्दै आउदा दिनमा सच्याएर जाने बताएका छन् ।

सभापति लामिछानेले महाधिवेशनमा निर्वाचित नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशनमा कमीकमजोरी भएको र सहभागीलाई अझ राम्रो सुबिधा दिने विषयमा गुनासो आएको र आउदा दिनमा कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफुहरुले कमजोरी ढाकछोप नगरेको र हाम्रा कमजोरी के के छन् भनेर सबै विषय बाहिर आउन जरूरी रहेको बताए । यस महाधिवेशनबाट कमजोरी बाहिर आएको बताउदै अब यसलाई सुधार गर्ने उनले बताए ।

उनले अब रास्वपा पहिलो ऐतिहासिक महाधिवेशनबाट अझ परिपक्क भएर अगाडी बढ्ने बताए ।

उनले आफुले सहमतिको प्रयास गरेपनि पदाधिकारी निर्वाचनमा धेरै जनाको दाबि देखे पछि आफु झस्केको बताए । उनले प्रयासका बाबजुत पदाधिकारीको निर्वाचनमा गएको बताउदै निर्वाचनमा राजनीतिक सुझबुझका साथ सहभागी भएको बताए । उनले एक भएर बाहिर जानुपर्ने बताउदै पार्टीमा धेरै जिम्मेवारी रहेको बताउदै सबैलाई मिलाएर लैजाने बताए ।

महाधिवेशनले रास्वपामाथि लाग्दै आएका सबै राजनीतिक आरोप खारेज गरेको बताउदै अब बल्ल रास्वपाका दस्ताबेज पढिन थालेको बताएका छन् । लामिछानेले संसदीय राजनीतिमा र समग्र रुपमा जुन रुपमा परिपक्क रुपमा प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन नसकेको स्वीकार गर्दै आफुहरुको नियत खराब नभएको स्पष्ट गरेका छन् ।

उनले सरकारले द्रुत गतिमा काम गर्ने क्रममा लोकतन्त्रका संस्थाहरुलाई तलमाथि नगर्ने कुरामा पार्टी सचेत रहेको भन्दै सरकारका कामलाई नजिकबाट नियालिरहेको बताए ।

You may also like