औषधी ब्यवसायीको ५३ औँ स्थापना दिवसमा वृहत रक्तदान

by समतल अनलाइन
31Shares

बुटवल।विभिन्न रक्त समुहको रगत अभाव भैरहेको बेला रुपन्देहीका औषधी ब्यवसायीहरुले वृहत रक्तदान गरेका छन । नेपाल औषधि व्यवसायी संघको ५३ औँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश र जिल्ला शाखा रुपन्देहीद्वारा संयुक्त आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मोतीलाल खनालले बताए ।

कार्यक्रमको एक समारोहका बिच संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, विशेष सल्लाहकार लोकहरि श्रेष्ठले संस्थापक अध्यक्ष स्व.पुष्पलाल राजभण्डारीको फोटोमा पुष्पगुच्छा अर्पण गरि औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ब्यवसायीक हकहितसंगै संस्थाबाट सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका योगदान दिदै आएको बताए ।
कार्यक्रममा संघ रुपन्देही जिल्ला शाखाका अध्यक्ष खड्ग बहादुर बस्नेतले पछिल्लोसमय बुटवलमा रगत अभावसंगै स्थापना दिवसलाई जोडेर सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट सदस्यहरुको उल्लेख्य सहभागिता रहेको संघका महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले बताए ।

You may also like