यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

by समतल अनलाइन
298Shares

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको आरोपमा ६ बिचौलिया पक्राउ परेका छन् ।

मंगलबार बिहान बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रागिरी–५ का २७ वर्षीय रञ्जीत महर्जन, गोकर्णेश्वर नगरपालिका–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी–६ का २५ वर्षीय सविन तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

You may also like

This will close in 0 seconds