81
बुटवल । घरबाट एकाएक हराएकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँ निवासी वसन्त बहादुर सारुको छोरी अस्मिता सारुको शब फेला परेको छ । रामपुर न.पा -८ खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
आइतबार राती घरमा नै सुतेकी उनी सोमबार बिहान नउठेपछि उठाउन जादा कोठामा नभएकी परिवारले जनाएको थियो । खोजीको क्रममा निर्दिम झोलुङ्गेपुलमा उनको मोबाइल फेला परेको थियो । प्रहरी, आफन्ती स्थानीयले खोजी गर्ने क्रममा डेढ किलोमिटर तल कालीगण्डकी नदीमा शब फेला परेको हो ।


