सुरक्षित यात्रा र सडक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न

by समतल अनलाइन
46Shares

बुटवल । सुरक्षित यात्रा नेपालको आयोजनामा बुटवलमा सडक सुरक्षा तथा सुरक्षित यात्रासम्बन्धी प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बेल्वासेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुरक्षित यात्राको सुनिश्चितताका लागि सबै नागरिकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षित सडक संस्कृतिको विकासका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्दै यस अभियानमा उपमहानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वक्ताहरूले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित, सहज र मर्यादित यात्राका लागि सबै सरोकारवाला पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाट, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख निशान थापा, न्यु होराइजन बोर्डिङ स्कुलका प्राचार्य वासुदेव अर्याल तथा प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानु पाण्डेयलगायतले आ–आफ्नो धारणा व्यक्त गरे ।

उहाँहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक नियमको पालना, चालक तथा यात्रुको जिम्मेवार व्यवहार र नियमित जनचेतना अभिवृद्धि अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा यातायात व्यवसायी, समाजसेवी, शिक्षक, चालक, ट्राफिक प्रहरी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले गर्नुभएको थियो। कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार नेपालले स्वागत मन्तव्य तथा उपाध्यक्ष प्रकाश गैरेले धन्यवाद ज्ञापन गरे ।

You may also like