46
नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रवीन्द्र यूएफसी सिजन ५ को सेमिफाइनलमा पुगेका हुन् ।
मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्रले शुरूमा म्याट्टी इयानसँग खेल्ने तय थियो । तर म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।
ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रवीन्द्रले यस तौल समूहमा विजेता बने यूएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।
रवीन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।


