45
जाजरकोट । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटालालाई प्रहरीले पक्राउ गरेको छ ।
खिमराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


