लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

by समतल अनलाइन
41Shares

लुम्बिनी। लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउसे १ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथि छलफल हुने कार्यसूची रहेको छ ।

शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका छन् ।

बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

You may also like