46
काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
प्रधानन्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । शित्तल निवासमा आयोजित कार्यक्रममा शर्मालाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो । शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।








