ईक्यान रुपन्देही र होटल पार्म इन्टरनेसनलबीच छुट सुविधा सम्बन्धी सम्झौता

by समतल अनलाइन
89Shares

बुटवल । नेपाल शैक्षिक परामर्श संघ -ईक्यान) रुपन्देही र होटल पार्म इन्टरनेसनल बुटवलबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । उनले यस्ता सहकार्यले शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

होटल पार्म इन्टरनेसनल बुटवलका सञ्चालक सुरज खरालले दुवै पक्षबीच भएको सहमतिले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, सचिव उपेन्द्र यादव, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू किरण राना, राम खड्का, शिव पौडेल, जीडी सिखर धिताल, वाशु न्यौपाने, कमल भुषाल लगायतको उपस्थिति रहेको थियो ।

यस सहमतिसँगै ईक्यानका सदस्यहरूले होटलको सेवा उपयोग गर्दा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

You may also like