71
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गाफाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।
झ १ ख ५०४ नम्बरको बस दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली घटनास्थल पुगेको थियो । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



