रुद्रगण र एमआरआर टिम बुटवलद्वारा बसपार्क क्षेत्रमा सरसफाई अभियान

by समतल अनलाइन
92Shares

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवलमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

आज रुद्रगण र एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न स्थानमा फालिएका प्लास्टिकजन्य फोहोर, कागज तथा अन्य फोहोर संकलन गरी वातावरण सफा बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले सरसफाई केवल सरकारी निकायको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दायित्व भएको बताएका थिए । सार्वजनिक स्थल सफा राख्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

अभियानमार्फत समुदायमा सरसफाईप्रति जनचेतना फैलाउने तथा स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

You may also like