बुटवलमा ‘मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरको तेस्रो शाखा सञ्चालनमा

by समतल अनलाइन
18Shares

बुटवल। सौन्दर्य तथा छाला उपचार सेवामा सक्रिय मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरले बुधबार बुटवलमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ। यसअघि भक्तपुरमा दुई शाखा सञ्चालन गर्दै आएको संस्थाले सेवा विस्तार गर्दै बुटवललाई नयाँ गन्तव्यका रूपमा रोजेको हो।

संस्थाकी म्यानेजिङ डाइरेक्टर मोनिका सुवेदीको नेतृत्वमा सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन उनकी आमाबाट रिवन काटेर गरिएको थियो। उनले करिब ६० देखि ७० जनासम्म सेवाग्राहीलाई सेवा प्रदान गरिएको बताइन्।

करिब ६ वर्षदेखि सौन्दर्य तथा छाला उपचार क्षेत्रमा सक्रिय सुवेदीले थाइल्याण्ड, जापान र मलेसियालगायत देशमा तालिम लिएर आधुनिक प्रविधि भित्र्याएको बताइन्। उनका अनुसार बुटवल शाखामा अन्तर्राष्ट्रिय स्तरका नयाँ–नयाँ प्रविधि र उपकरणमार्फत सेवा प्रदान गरिनेछ।

बुटवलको नेपालगञ्ज रोडस्थित लक्ष्मी मोहन कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको उक्त क्लिनिकमा उच्च स्तरको अनुहारको छाला परीक्षण गर्ने आधुनिक मेसिनसमेत जडान गरिएको छ। यहाँ छालासम्बन्धी विभिन्न समस्याको समाधान गरिन्छ। छाला कालो हुने, छायाँ–पोतो (पिग्मेन्टेसन), चाउरीपनालगायतका समस्या तथा कपालसम्बन्धी सबैखाले समस्याको समाधान उपलब्ध रहेको जनाइएको छ। साथै, सौन्दर्य क्षेत्रमा सीप सिक्न चाहनेहरूका लागि तालिमसमेत सञ्चालन गरिएको उनले बताइन्।

सेवाको गुणस्तर सुनिश्चित गर्न क्लिनिकमा डाक्टरबाट छाला परीक्षण गरिने व्यवस्था गरिएको छ भने दुई जना नर्स कार्यरत छन्। निकट भविष्यमा छाला विशेषज्ञसमेत ल्याउने तयारी रहेको संस्थाले जनाएको छ।

उक्त संस्थामा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ। उद्घाटनको अवसर पारेर केही समयका लागि विशेष छुटको व्यवस्था गरिएको छ।

अब पोखरामा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ। आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ।

You may also like

This will close in 0 seconds