गुल्मीका युवाको कीर्तिपुरमा हत्या : साथीबीच विवादपछि तीन जना पक्राउ

by समतल अनलाइन
20Shares

काठमाडौं — गुल्मी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा आशिष महर्जन, रोशन बोहोरा र रबिन धामी रहेका छन्। घटना कीर्तिपुर नगरपालिका–१० पोडेटोल मा भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई का अनुसार दिउँसो साढे २ बजे धारिलो हतियार प्रहार भएको थियो।

गम्भीर घाइते घिमिरेलाई कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार साथीबीचको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

You may also like

This will close in 0 seconds