बुटवल । प्रधानमन्त्री बालेन्द्र साह विरुद्ध बुटवलमा सुकुम्बासी समुदायले विरोध प्रदर्शन गरेका छन्। मोतिपुर औद्योगिक क्षेत्र का बासिन्दाले डोजर प्रयोग गरी बस्ती हटाउने तयारीको विरोध गर्दै आइतबार सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’, ‘सामाजिक सञ्जाल स्टाटस बन्द गर, सुकुम्बासी समस्या समाधान गर’ र ‘बालेन, तिम्रो पाराले दुःख पाए साराले’ जस्ता नारा लगाउँदै आक्रोश व्यक्त गरेका थिए।
स्थानीयहरूको भनाइमा, पुनर्वासको स्पष्ट र दिगो व्यवस्था नगरी बस्ती हटाउने प्रयास अन्यायपूर्ण छ। उनीहरूले सरकारले पहिले वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनमा महिला, वृद्ध र युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको संकेत गरेको छ।



