भिमसेन नेवा: समाजको अधिवेशन सम्पन्न, शहदेव श्रेष्ठ पुनः अध्यक्षमा

by समतल अनलाइन
50Shares

बुटवल । बुटवल-३ ज्योतिनगरमा रहेको भिमसेन नेवा: समाजको ७ औँ साधारणसभा तथा तेस्रो अधिवेशन विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले समुदायको पहिचान संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरे।

त्यसैगरी अध्यक्ष शहदेव श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनामा सबैको सहकार्य आवश्यक रहेको बताए। कोषाध्यक्ष सुरेन्द्र भारीले आर्थिक पारदर्शितामा जोड दिए भने महासचिव विष्णु प्रसाद श्रेष्ठले संस्थागत गतिविधि विस्तारमा जोड दिएका थिए।

कार्यक्रममा नेवा सेवा समिति देवीनगरका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं. ३ की वडा सदस्य पवित्रा श्रेष्ठ तथा नेवा देय दबु लुम्बिनी प्रदेशका अध्यक्ष बाबुराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्दै सहकार्य र एकतामा जोड दिएका थिए।

सोही अवसरमा जेष्ठ नागरिक, अक्षय कोष स्थापना तथा संस्थामा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

नयाँ नेतृत्व चयन

अधिवेशनले भिमसेन नेवा: समाजको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। अध्यक्षमा पुन: शहदेव श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा गोपाल श्रेष्ठ, उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ, महासचिवमा सुरेन्द्र भारी, सचिवमा कमला प्रधान र कोषाध्यक्षमा निर्मल प्रसाद श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा असोक बज्राचार्य, लक्ष्यि श्रेष्ठ, वविता श्रेष्ठ, रिमा भारी र प्रदिप श्रेष्ठ रहेका छन् भने लेखा संयोजकमा बोविन कुमार अमात्य चयन भएका छन्।

यसैबीच, भिमसेन नेवा: महिला समिती (मयजु समाज) को पनि नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ । समितिको अध्यक्षमा वविता श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शारदा श्रेष्ठ, उपाध्यक्षमा करिष्मा श्रेष्ठ, महासचिवमा कृष्ण माया श्रेष्ठ, सचिवमा सुना राज भण्डारी र कोषाध्यक्षमा कृष्णा श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा बेल देवी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, निशा श्रेष्ठ, रेस्मी श्रेष्ठ र बिना श्रेष्ठ रहेका छन्।

नयाँ नेतृत्व चयनसँगै संस्थाले महिला सहभागिता सशक्त बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ। हेडलाईन

You may also like