राष्ट्रपति पौडेलले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

by समतल अनलाइन
49Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यस अघि राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्‍वविद्यालयसम्बन्धि, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन), सहकारी सम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

अब सरकारले सिफारिस गरेका अध्यादेश मध्ये संबैधानिक परिषदसम्बन्धि अध्यादेश भने जारी गर्न बाँकी रहेको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलले सो अध्यादेश फिर्ता गर्ने सम्भावना रहेको छ ।

You may also like