52
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेशन’ अन्तर्गत १०३ जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पुर्याउने सम्भावित गतिविधि नियन्त्रण गर्न अपरेशन सञ्चालन गरिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले यस्ता अभियानलाई निरन्तरता दिइने बताए।



