लायन्स डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

by समतल अनलाइन
94Shares

बुटवल । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिबार सम्पन्न निर्वाचनबाट आगामी वर्ष २०२६/०२७ का लागि कसौधन गभर्नरमा चयन हुनुभएको हो।

त्यस्तै, फस्ट भाइस डिष्ट्रिक गभर्नर (एफभीडीजी) मा मीना पन्थी र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर (एसभीडीजी) मा अर्चित श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसैगरी, डिष्ट्रिक सचिवमा आशिष कृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र घिमिरे चयन हुनुभएको छ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको चौथो कन्वेसन अन्तर्गत आयोजित कार्यक्रममा नवनिर्वाचित गभर्नर कसौधनले सम्पूर्ण लायन्स सदस्यलाई एकजुट भई मानवीय सेवामा निस्वार्थ रूपमा समर्पित रहन तथा संगठनको लक्ष्य प्राप्तिका लागि अविचलित रूपमा लाग्न आग्रह गर्नुभयो।

उहाँले नेपालका हरेक टोल र घरमा सक्षम तथा असल नेतृत्व उत्पादन गर्न प्रेरित गर्ने लक्ष्यसहित डिष्ट्रिकलाई अघि बढाइने बताउनुभयो।

डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोस राजेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा चौथो कन्वेसन सम्पन्न भएको थियो।

You may also like