विश्व ज्योतिष महासंघको ३१ वार्षिकोत्सव समारोह सम्पन्न

by समतल अनलाइन
35Shares

काठमाडौँ । विश्व ज्योतिष महासंघको ३१ औं वार्षिकोत्सब समारोह- काठमाडौँको होटल पेन्सन वासनामा सम्पन्न भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितीका सभापति प्राडा माधव भट्टराईले विक्रम सम्वत् नेपालीहरुको पर्व रहेको बताउँदै अन्य देशको भनेर प्रचार गर्नु गलत भएको बताउनुभयो । नेपालमा इश्वी सम्वत् र ११ महिना लागु गर्न देशीविदेशी शक्तिहरुको प्रयासलाई आफुहरुले हालसम्म रोक्न सफल भएको बताउँदै विक्रम सम्वतले नै नेपालमा मौलिक परम्परा रितिरिवाज र चाडपर्वहरुको पहिचान हुने हुँदा यसको संरक्षण र प्रचारप्रसारमा सबैको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीका पुर्व अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष माधवराज पाण्डे, कालाग्नी रुद्रपीठ लडकेश्वरधामका पीठाधीश मुकुन्द शर्मा हुमागाई, नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले, नेपाल महर्षी वैदिक फाउन्डेसनका सूचना निर्देशक भरतराज पौडेल
लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विश्व ज्योतिष महासंघका उपाध्यक्ष ताराप्रसाद नेपाल, दक्षिण एसियाली ज्योतिष महसंघका उपाध्यक्ष डा.देवीप्रसाद खनाल, नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष लिलाराज शर्मा, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिती नेपालका सभापति खिलनाथ काफ्ले, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतम, लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपाने, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव शिवलाल पौडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम महासंघका अध्यक्ष डा.लोकराज पौडेलको अध्यक्षता, कोषाध्यक्ष डा.सुबोध शुक्लाको स्वागत मन्तव्य, महासचिव पञ्चाङ्गकर श्रीकेश कौशिकको सन्चालनमा सम्पन्न भएको हो ।

You may also like