मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १० लाख ५० हजार मौज्दात

by समतल अनलाइन
82Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार उनको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको देखिएको छ ।

सरकारले सार्वजनिक गरेको विवरणमा उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख छ । गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकीमा त्यसमध्ये ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाइएको छ । त्यस्तै, एभरेष्ट बैंकबाट थप २५ लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ ।

उनको नाममा सुन, चाँदी र हिरा पनि रहेको देखिएको छ । विवरण अनुसार उनीसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको उल्लेख गरिएको छ ।

सवारी साधनतर्फ, राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको विवरणमा जनाइएको छ ।

त्यस्तै, उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा पनि सवारी साधन र ठूलो ऋण रहेको देखिएको छ । उनले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको विवरणमा उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरी खरिद गरिएको जनाइएको छ ।

You may also like