अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४ घर–अपार्टमेन्ट खुलासा, सम्पत्ति विवरण सार्वजनिक

by समतल अनलाइन
80Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट र ललितपुरकै भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ ।

त्यसैगरी, काभ्रेको धुलीखेलमा ३ करोड ७५ लाख बराबरको अपार्टमेन्ट र आफ्नो गृहजिल्ला तनहुँमा २ करोड मूल्यको घर रहेको उनले स्वघोषणा गरेका छन् ।

यी अचल सम्पत्ति जोड्नका लागि उनले मुख्य स्रोतका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रको रोजगारीलाई उल्लेख गरेका छन् । यसका साथै निजी निवासको बिक्रीबाट प्राप्त रकम, विभिन्न बैंकबाट लिएको ऋण तथा व्यक्तिगत सापटीलाई पनि सम्पत्तिको आधार देखाइएको छ ।

नगद मौज्दाततर्फ अर्थमन्त्री वाग्लेको विभिन्न बैंक खाताहरूमा गरी कुल १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा खुलाइएको छ ।

You may also like