युट्युबर रोशन पोखरेल रिहा

by समतल अनलाइन
78Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न राजनीतिक नेतामाथि अपमानजनक शब्द प्रयोग गरी भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आइतबार हजुरआमा र काकाको जिम्मा लगाएर छाडिएको हो। प्रहरीका अनुसार आवश्यक परेको खण्डमा उपस्थित हुने सर्तमा उनलाई रिहा गरिएको हो।

पोखरेललाई शुक्रबार (चैत २७) पक्राउ गरिएको थियो। जिल्ला अदालत पाँचथरबाट उनलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोशनले करिब दुई महिनाअघि आफ्नो युट्युब च्यानलमार्फत रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेतामाथि अपशब्द प्रयोग गर्दै भिडियो सार्वजनिक गरेका थिए।

उक्त भिडियो फेसबुक र इन्स्टाग्राममा समेत फैलिएको प्रहरीले जनाएको छ। घटनापछि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

You may also like