आजको मौसम: केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

by समतल अनलाइन
62Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू-भागमा पनि आंशिक बदली रहने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिइएको छ।

आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

You may also like

This will close in 0 seconds