तिलोत्तमामा सडक दुर्घटना न्यूनीकरण गर्न गाई–गोरुको घाँटीमा निलो डोरी बाँध्ने अभियान

by समतल अनलाइन
76Shares

तिलोत्तमा । तिलोत्तमा क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गौरक्षक क्लब र तिलोत्तमा गाइज समूहले विशेष अभियान सुरु गरेका छन् । योगिकुटीदेखि कोटिहवासम्मको सडक क्षेत्रमा विचरण गर्ने गाई–गोरुको घाँटीमा निलो डोरी बाँध्ने अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत हालसम्म १० वटा गाई–गोरुको घाँटीमा निलो डोरी बाँधिएको छ । सडकमा रहेका पशुचौपायालाई सवारी चालकले सजिलै देख्न सकून् र दुर्घटनाको जोखिम कम होस् भन्ने उद्देश्यले यस्तो पहल गरिएको जनाइएको छ ।

अभियानका संयोजक पुजन केसीका अनुसार सडकमा हिँडडुल गर्ने गाई–गोरुका कारण हुने दुर्घटना न्यूनीकरण गर्न तथा चालकलाई समयमै सचेत गराउन प्रतिबिम्बित हुने निलो डोरी प्रयोग गरिएको हो ।

तिलोत्तमा गाइज समूहका गणेश भुसालले आगामी दिनमा पनि अभियानलाई थप प्रभावकारी र व्यापक बनाउने योजना रहेको जानकारी दिए । उनका अनुसार महाभैरव तिलोत्तमा भजन समूहको सक्रियतामा मन्दिर क्षेत्रमा भजन तथा मेला सञ्चालन भइरहेका बेला गाई–गोरुको व्यवस्थापनमा कठिनाइ भएपछि डोरी बाँध्ने काम अघि बढाइएको हो ।

स्थानीय स्तरमै सुरु गरिएको यस अभियानले सडक सुरक्षा र पशु संरक्षण दुवै क्षेत्रमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूले बताएका छन् ।

You may also like

This will close in 0 seconds