काठमाडौँ । डोटीबाट नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी भएका छन् । खड्काले १४ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत पाए भने नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत पाएका छन् ।
यो काँग्रेसको छैटौं जित हो । यसअघि काँग्रेसले दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।


