सैनामैनामा फेरिएको परिदृष्य : चुन्नलाई जिताउन सैनामैना निर्णायक बन्ने

by समतल अनलाइन
84Shares

बुटवल । हरेक निर्वाचनमा सैनामैना जीतहारको निर्णायक बन्दै आएको छ । सैनामैनाका १ देखि ४ वटा वडा रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा पर्छन । यही चारवटा वडाको मतले रुपन्देही २ का उम्मेदवारलाई जीतहारको निर्णायक बनाउँदै आएको छ ।

सुकुम्वासीको बहुल क्षेत्र रहेको चारवटै वडामा करिव २६ हजार मतदाता छन् । त्यसमध्ये ७० प्रतिशत मतदान भयो भने सैनामैनाबाट करिव १७ हजार मत खस्छ । त्यसमध्ये १० हजार मत कुनै एक उम्मेदवारको पक्षमा प¥यो भने सैनामैना निर्णायक बन्छ ।

यसपटक सैनामैनाको परिदृष्य फेरिएको छ । यसअघिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन नपाएका नेपाली कांग्रेसका मतदाता यसपटक चुन्नप्रसाद पौडेललाई जिताउन ब्याकुल छन ।
घरदैलोको क्रममा चुन्नप्रसाद पौडेलको सादगी जीवनशैलीबाट प्रभावित हुनेहरु पनि छन् । जसका कारण सैनामैनाबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर समेत चलेको छ । यसबाट चुन्न पौडेलको पक्षमा माहोल बन्दै गएको स्थानीयहरु बताउँछन ।

सैनामैना वडा नंं. ४ का माओवादीका पूर्व नेता तथा पूर्व प्रहरी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेकपाका प्रदेश सल्लाहकार हरिहर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन । सैनामैनाका पुराना बासिन्दा समेत रहेका भट्टराई तत्कालीन माओवादीका कुशल संगठक हुन ।
उनको कांग्रेसमा प्रवेशले माओवादीलाई नेपाली कम्युनिष्ट पार्टीमा बिलय गराएपछि भौतारिकएका माओबादीका नेता कार्यकर्ता भट्टराईसंगै कांग्रेसको पक्षमा खुलेका छन । सैनामैनाका चारवटा वडामा मात्रै पूर्व माओवादी संगठनको आठ हजार मत रहेको बताईन्छ । त्यसमध्ये चार हजार मत कांग्रेसको पक्षमा आएको अवस्थामा मात्रै पनि रुपन्देही २ बाट चुन्नको जीत निश्चित छ ।
त्यसअघि पनि चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार सहितको घरदैलोमा सैनामैनाबाट करिव दुईसय युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सैनामैनाका युवाहरुको प्रवेशले नेपाली काँग्रेसको पक्षमा माहौल बनेको सैनामैना वडा नं. ४ का कांग्रेसका कृयाशील सदस्य दुर्गा शर्माको भनाई छ ।

नेपाली कांग्रेस सैनामैना ४ का वडा सभापति जगन्नाथ गौतम माओवादीका पूर्व नेता हालका नेकपाका प्रदेश सल्लाहकार भट्टराईको कांग्रेस प्रवेशले नेपाली कांग्रेस जीतको अझै नजिक पुगेको बताउँछन ।
नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसंगै युवाहरुको आकर्षण बढेको छ । कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलले विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सैनामैनामा विशेषगरी ढल निकासको समस्या छ । सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा सैनामैनाबासीले गुनासो गर्दै आएका छन । यसअघि जितेर गएका एमाले उम्मेदवार विष्णु पौडेलले स्थानीयको समस्या समाधानमा खासै चासो नदिएको गुनासो छ ।
पहिलोपटक चुनावी मैदानमा आएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित भएको बताएका छन् । उद्योगी तथा व्यवसायीक पृष्ठभूमि भएका पौडेल बचनमा पक्का भएकोले उनले दिने आश्वासन पूरा हुने बुझाई सैनामैनाका मतदाताको छ ।
अर्कोतर्फ पौडेल निर्वाचित भएर गए यो क्षेत्रमा थप रोजगारी बढ्ने अपेक्षा सैनामैनाबासीको छ । उम्मेदवार शर्माले पनि घरदैलोको क्रममा सैनामैलाई आधुनिक सहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सैनामैनालाई अब्बल बनाउने प्रतिवद्धता जनाएका छन ।
सैनामैनाका मतदातासमक्ष चुन्न पौडेलले कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, खानेपानी, सिंचाइ र डुबान समस्या समाधानमा जोड, कृषि, उद्योग र रोजगारीमा जोड दिँदै एक घर १ रोजगारी अभियान, पूर्वाधार विकासमा प्रतिबद्धता जाहेर गरेकोले पौडेलप्रति सैनामैनाका मतदाता आकर्षित भएका छन् ।

घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता र मतदाताले देखाएको सद्भावले उम्मेदवारसहित सिंगो पार्टी पंक्ति उत्साहित भएको कांग्रेस सैनामैनाको बुझाई छ ।

त्यसैगरी विगतमा उम्मेदवारलाई लिएर नेता कार्यकर्तामा गुनासो सुन्ने गरिएकोमा यसपटक चुन्नप्रसाद पौडेललाई सवैले विश्वास गर्नुका साथै उनको शालीन शैली र व्यवहारबाट सवै प्रभावित भएकोले पनि सैनामैनामा यसपटक परिदृष्य फेरिएको छ । सैनामैनाका स्थानीयले टोलको बाटोघाटो, बिजुली बत्तिको व्यवस्था, सरसफाई, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका कुराहरु चुन्नप्रसाद पौडेलसंग राख्दै आएका छन् ।

स्थानीयले आफ्नो क्षेत्रमा नापी भएरपनि सुकुम्बासी समस्या समाधान नभएको, लालपुर्जा हातमा भएकाहरुको पनि जग्गासम्बन्धी झन्झट कायम हुँदा समस्या बेर्हाेनुपरेको गुनासो सुनाएपछि उम्मेदवार पौडेलले आफू निर्वाचित भएपछि सवैभन्दा पहिला सुकुम्वासी समस्या समाधान गर्ने विश्वास दिलाएकोले सैनामैनामा पौडेलप्रति लहर चलेको हो । अर्कोतर्फ पौडेल नयाँ र ‘अनटेस्टेड’ अनुहार भएरपनि केही गर्छन कि भन्ने आम सैनामैनाबासी मतदाताको विश्वास छ । त्यही भएर पौडेललाई अरु पार्टीबाट पनि मत जाने बताईन्छ ।

घरदैलोको क्रममा मतदाताले बाटोघाटो समयमै निर्माण नभएको, सैनामैनाको मूल समस्या सुकुम्बासी समस्या बर्षौदेखि समाधान नभएको गुनासो गरेका छन । त्यस्तै, वडा नम्बर २ अन्तर्गत झारबैरा, खकनपुर, कालिका टोल, सोरौली हुँदै रानीबगियासम्म पुग्दा मतदाताले शैक्षिक स्तर सुधार, सुकौली खोलाको तटबन्ध निर्माण, समयमै सडक पिच नहुनु, ढल निकासको समस्या लगायतका विषय उठाएका थिए । उनीहरुले यसअघि निर्वाचित सांसद तथा जनप्रतिनिधिले आफुहरुका गुनासा र समस्याहरु समाधान गर्न नसकेको बताए ।

जवाफमा पौडेलले ती सवै समस्या आफूले समाधान गर्ने प्रतिवद्धता जनाएकोले पौडेललाई एकपटक हेर्ने र रुख चुनाव चिन्हमा मतदान गर्ने स्थानीय मतदाताको रुझान छ ।

रुपन्देही–२ यस अगाडि पटक पटक एमाले उपाध्यक्ष पौडेलले जित्दै आएको निर्वाचन क्षेत्र हो । २०७९ मा भएको निर्वाचनमा एमालेका पौडेलले झिनो मतले मात्रै विजय हासिल गरेका थिए । पौडेलले लगातार जीत हासिल गर्दै गएपनि सैनामैनाका अधिकांश सडक कच्ची छन । पिच भएका सडक पनि मर्मत सम्भार नभएका कारण जीर्ण बन्दै गएका छन । यहाँको मसिनो समस्यामा बिष्णु पौडेलले ध्यान नदिएको मतदाताको गुनासो छ । त्यही भएर नेकपा एमालेका मतदाता समेत पुराना पौडेललाई छोडेर नयाँ पौडेललाई रोज्ने पक्षमा देखिएका छन ।

अर्कोतर्फ यो निर्वाचनमा विगतको भन्दा फरक परिदृष्य छ । २०७९ को निर्वाचनमा कांग्रेले अन्य दलहरुसंग गठबन्धन गरेको कारण कांग्रेस मतदाताले आफ्ना उम्मेदवारलाई भोट दिन पाएनन् । आफ्नो पार्टीलाई रोज्न नपाउँदाको परिणाम कांग्रेस मतदाताले राम्रोसंग बुझेका छन ।

तसर्थपनि यसपटक कांग्रेसको मत रुख बाहेक अन्यत्र जाने संभावना छैन भने अरु पार्टीको मत पनि नयाँ उम्मेदवार भएकोले परिक्षणकै क्रममा चुन्नप्रसाद पौडेललाई जाने देखिएकोले सैनामैनाले चुन्नप्रसाद पौडेललाई जिताउन सवैभन्दा धेरै भूमिका खेल्ने यहाँ विश्लेषण हुने गरेको छ ।

सैनामैनाका मतदाताले एमाले उम्मेदवार बिष्णु पौडेलले प्रदेश राजधानी अर्थ मन्त्रीको पदसंग साटेको कुरा बिर्सिएका छैनन । एमाले नेतृत्वको सरकारमा आफू अर्थमन्त्री हुनेगरी प्रदेशको राजधानी दाङ पु¥याएको आरोप विष्णु पौडेलमाथि छ । त्यो बिषयले पनि सैनामैनाका मतदातालाई प्रभावित गरेको छ । तसर्थ धेरैपटक विष्णु पौडेललाई मतदान गरेर पछुताएका मतदाताले यसपटक कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई रोज्ने निधो गरेका छन ।

You may also like