दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

by समतल अनलाइन
76Shares

काठमाडौँ।नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका साेमबार र मंगलबारका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ ।

मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र भोलि १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए।

उनले भने, “मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम ९आरए २२९÷२३०० का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रुपमा रद्द गरिएको हो ।”

यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ ।

थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक ‘वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रुपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९÷९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए ।

You may also like