एमालेको चुनावी घोषणा पत्रमा के के छन् मुख्य विषय ?

by समतल अनलाइन
54Shares

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।

सरकारमा हुदा गरेका र गर्ने कामको विवरण प्रस्तुत गरिएको छ ।

एमालेले १८ देखि २८ बर्षसम्मका युवाहरुलाई १० जीबी डाटा नि: शुल्क दिने, युवा र उधमीलाई डलर कार्ड १० हजारसम्मको दिने, विदेशबाट रेमिटेन्स पठाउने हरेकको खातामा ५ हजार नगद दिने, विद्यार्थीलाई बिना ब्याज २० लाख ऋण प्रदान गर्ने, १० कक्षासम्म किशोरीलाई नि: शुल्क प्याड र १० कक्षासम्म दिवा खाजा, मजदुरको न्युनतम पारिश्रमिक २५ हजार, स्वयंसेविकालाई २० हजार भत्ता, सुत्केरीलाई प्रति जन्म २० हजार सुत्केरी भत्ता, २५ हजारसम्मको ऋण मिनाह, शिक्षकको मर्यादाक्रम र सामाजिक सुरक्षा र सुरक्षाकर्मीको सम्मान र कल्याणको योजना अगाडी सारेको छ ।

You may also like

This will close in 0 seconds