50
काठमाडौँ । आज प्रजातन्त्र दिवस । सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।

सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।




