श्रीमद् भागवत महायज्ञको पाँचौं दिनमा २० लाखभन्दा बढी संकलन

by समतल अनलाइन
56Shares

शुद्धोदन।शुद्धोदन गाउँपालिका–३ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको श्रीमद् भागवत धनधाञ्चल ज्ञान–विज्ञान महायज्ञको पाँचौं दिनको दिवाकालीन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमबाट आज २० लाख ६९ हजार ५ सय ६३ रुपैयाँ संकलन भएको सचिवालयले जनाएको छ। यस दिनका सभा नायकका रूपमा चार जनाले सेवा पुर्‍याउनुभएको थियो – शुद्धोदन–२ निवासी उमाकान्त चापागाईं, बुटवल–१२ तामनगर निवासी जगतनाथ शर्मा, शुद्धोदन–३ निवासी श्रीमती मीना दाहाल र मैनहिया निवासी श्रीमती डोलमाया ढकाल।

कार्यक्रममा ८६ जनाले आजीवन सदस्यता लिएका छन्। क्याम्पसका लेखा अधिकृत भेषराज पौडेलले जानकारी दिनुभयो कि अहिलेसम्म कुल ७० लाख ३४ हजार ४ सय २० रुपैयाँ संकलन भइसकेको छ भने २ सय ८८ जनाले आजीवन सदस्यता लिइसकेका छन्।
महायज्ञमा विभिन्न संघसंस्था, व्यक्तित्व र श्रद्धालु भक्तजनहरूको ठूलो सहभागिता रहेको थियो। आयोजकहरूले महायज्ञका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जानकारी दिएका छन्।

You may also like