57
बुटवल । रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे भाग्यमानी सावित हुँदै गएका छन् । केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी छोड्ने घोषणा गरेका घिमिरे दुई दिनमै पुनः एमाले फर्किएका हुन् ।
केन्द्रको गतिविधि मन नपरेको भन्दै असन्तुष्टि पोखेका उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीमै फर्काएका थिए । त्यसपछि पौडेलले रुपन्देही–३ बाट घिमिरेको नाम सिफारिससमेत गराए ।
पछि पौडेल आफैं पाल्पा–२ बाट उमेदवार बनेपछि रुपन्देही–३ बाट घिमिरे एमालेका उमेदवार बनेका छन् ।



