47
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगामी प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–२ बाट उम्मेदवार बन्ने भएका छन् ।
यसअघिका निर्वाचनमा रुपन्देही–२ बाट विजयी हुँदै आएका पौडेल यसपटक भने पाल्पाबाट चुनाव लड्ने भएका हुन् । एमालेको सचिवालय बैठकले उनलाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैबीच एमालेले रुपन्देहीका निर्वाचन क्षेत्र १, २ र ४ का उम्मेदवार भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछि निर्णय गर्ने गरी खुला राखेको छ । रुपन्देही–३ बाट बासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई उम्मेदवारको टिकट दिइएको पार्टीले जनाएको छ ।


