काठमाडौँ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन थापा पक्षलाई मान्यता दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । निर्णय गर्दा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानलाई आधार मानेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्णयका लागि तीन आधार लिइएको बताए ।
पहिलो आधार
नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था छ । ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था ।
दोस्रो आधार
विधानअनुसार महाधिवेशन प्रतिनिधि नै दलको सर्वोच्च निकाय हुन् । उनीहरूले गरेका निर्णय नै दलको आधिकारिक निर्णय मानिने आयोगले उल्लेख गरेको छ ।
तेस्रो आधार
विशेष महाधिवेशन माग गर्ने विषयमा कसैको विमति नदेखिएको आयोगको ठहर छ । यसले विशेष महाधिवेशन विधानअनुसार नै भएको स्पष्ट भएको जनाएको छ ।



