40
काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता जगदिश खरेलले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यस्तै बैठकले मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व बन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर स्वीकृत गरेको छ ।
त्यस्तै सिटीइभिटीको उपाध्यक्षमा रौतहटका मोहमद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको खरेलले जानकारी दिए ।



