तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम खुला

by समतल अनलाइन
70Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यद्यपि पहाडी तथा हिमाली भू–भागमा भने मौसम सामान्यतया सफा नै रहने विभागले जनाएको छ।

You may also like