उज्यालो नेपालसँगको एकता अनुमोदन नगर्ने रास्वपाको निर्णय

by समतल अनलाइन
97Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग पुस १४ गते सम्पन्न सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ ।

शनिबार बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो ।

वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यका साथ रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाउँदै आएको र यसै परिप्रेक्ष्यमा उनेपासँग भएको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि प्रस्तावहरू प्राप्त भए र शीर्ष नेतृत्व तहमा पटक–पटक बैठकमा सहमति नभएको रास्वपाले जनाएको छ ।

सहकार्यको अभ्यासमा १२ दिनको यात्रा अनुमोदन नभए तापनि, नेउपाको नेतृत्व तथा सम्पूर्ण सङ्गठनलाई आगामी दिनमा सफल यात्राको रास्वपाले शुभकामना दिएको छ ।

You may also like